• गृहपृष्ठ
  • विज्ञ भन्छन : ट्रेसिङलाई प्रभावकारी बनाउदै लाखौको परिक्षण गरौँ

विज्ञ भन्छन : ट्रेसिङलाई प्रभावकारी बनाउदै लाखौको परिक्षण गरौँ

May 14th, 2020

काठमाडौ, जेठ १

मंगलवार एकैदिन ८३ जनालाई कोरोना संक्रमण देखिएपछि केहि सामान्य हुन खोजिरहेको जिवन फेरि सन्त्रासमा रुमल्लिएको छ । स्वास्थकर्मी र पत्रकारलाई समेत संक्रमण देखिएपछि अझ सचेत हुनुपर्ने अवस्था आएको छ । अहिले दैनिकरुपमा संक्रमित बढिरहेका छन । भारतमा दैनिक सयौ मानिसहरुको निधन भइरहेको र ३ हजारबढि संक्रमित भइरहेको अवस्थामा तयारी नपुगे नेपालको स्थिती नियन्त्रण वाहिर जानसक्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।

गत शनिवार आयोजना भएको डिजिटल संवादमा सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा परिक्षण एकदमै कम भइरहेको र यहि अवस्थामा रहे नेपालमा कोरोना संक्रमण थाहै नपाई व्यापक रुपमा फैलनसक्ने कुरामा सचेत गराए । पछिल्लो समय भारतबाट नेपाल छिरेका सबै नागरिकको व्यापक रुपमा परिक्षण गर्नुपर्ने, दुरदराजमा रहेका नागरिकलाई समेत परिक्षणको दायरामा ल्याउनुपर्ने डा. सुवेदीले बताए । उनले भने पहुच भएका र क्वारेन्टाइनमा भएकालाई मात्र हैन, भारतबाट नेपाल छिरेका अधिकांश व्यत्ति र उनिहरुको ट्रेसिङ गरी सबैलाई परिक्षणको दायरामा ल्याउनु पर्दछ ।

यसैगरी त्रिवि शिक्षण अस्पताल इमर्जेन्सी विभागका डा. रमेश महर्जनले अहिले ट्रेसिङको काम सुस्त गतिमा भएको र यसलाई तुरुन्त बढाउनुपर्ने बताए । सजिलै एकबाट दर्जनौमा सर्ने भएकोले हामि व्यत्तिगतरुपमा पनि सचेत हुनुपर्ने डा. महर्जनको भनाई छ । सर्वसाधारणको लागि सर्भिलेन्स र टे«ृसिङ एपहरुको प्रयोग बढाउनुपर्नेमा महर्जनले जोड दिए । डा. उदय कोइरालाले अहिले सबै मिलेर, सहकार्य गरेर कोरोनालाई लकडाउन गर्नुपर्ने बताए । कोरोनालाई लकडाउन गर्नसकेमा मात्र हामिले देशलाई धेरै समय लकडाउन गर्नुनपर्ने उनको भनाई थियो । लकडाउन खोल्नेबारे हचुवाको भरमा निर्णय गर्नु नहुने भन्दै डा. कोइरालाले परिक्षण बढाउदै देशभर स्वास्थ क्षेत्रलाई अपग्रेड गर्नुपर्ने बताए ।

अहिलेसम्म देशमा २२ हजारको हाराहारीमा पिसिआर मार्फत परिक्षण गरिएको छ । आरडिटी टेस्ट गरिएको संख्या ६० हजार बढि रहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । लकडाउनसँगै नेपाल भित्रिएका व्यत्तिहरु नै ४० हजार बढि रहको अनुमान गरिएको छ । भित्रिएका व्यत्तिहरुको पुर्ण विवरण र डिजिटल डेटा तयार गरिएको छैन । पछिल्लो समय पनि भारतबाट लुकिछिपी नेपाल भित्रने व्यत्तिहरु बढिरहेको अवस्था छ । काठमांडौमा लकडाउन खुकुलो भएको केहि दिनमा नै तीन व्यत्तिहरु संक्रमित भेटिएपछि सरकारले परिक्षण बढाउने बताएको छ ।

यस हप्ता चीन सरकारले उपलब्ध गराएको ४० हजार पिसिआर किट, स्विस सरकारले उपलब्ध गराएको किट उपलब्ध भएको कारण परिक्षण बढ्ने आशा गरिएको छ । सरकारले खरिद गर्ने भनिएको स्वास्थ सामग्री ल्याउने तयारी भइरेको स्वास्थ मन्त्रालयले जनाएको छ । अहिले परिक्षण गर्न किट प्रशस्त रुपमा रहेको बुधवार मन्त्रालयले जारी गरेको प्रेस कन्फ्रेन्समा जानकारी पनि दिएको छ ।

लकडाउनको परिस्थितीले अब स्वास्थ क्षेत्रलाई सुधार गर्नुपर्ने सरोकारवालाहरुको जोड छ । हरेक जिल्ला र क्षेत्रमा प्रभावकारी मोनिटरिङ र डिजिटल डेटा म्यानेजमेन्टमा काम गर्नुपर्ने धेरैको बुझाइ छ । अहिले स्थानिय निकायले प्रभावकारी काम गर्नसक्ने भन्दै स्थानिय निकायलाई मनोवल बढाउदै, क्वारेन्इिनको व्यवस्था गर्ने, ट्रेसिङ गर्ने र शंकास्पद सबैलाई प्रशिक्षणको दायरमा ल्याउनुपर्ने कर्णाली प्रदेशका जनस्वास्थकर्मी रामहरी अधिकारीले बताए । डा. सुवास प्याकुरेलले प्रविधिलाइ उच्च प्राथमिकतामा राखेर स्थानिय निकायलाइ परिचालन गर्नसके ट्रेसिङ सजिलो र प्रभावकारी हुने बताए ।

अहिले नेपालमा सरकारले केहि दिनअघि सार्वजनिक गरेको कोभिड एनपी ट्रेसिङ एप प्रयोगमा रहेको छ । यो एप प्रयोग गरेर स्वपरिक्षण गर्ने २ सयको हाराहारीमा रहेका छन । यसले ब्लुटुथ मार्फत संक्रमितको ट्रेसिङ गर्न पनि सहयोग गर्नेछ । यसैगरी स्वास्थ मन्त्रालयले हाम्रो स्वास्थ नामक एप्लिकेशन र कल सेन्टर सञ्चालन गरिररहेको छ । हाम्रो स्वास्थमा अहिलेसम्म ३५ हजार ७ सयले फारम भर्दै स्वपरिक्षणमा सहभाभी भएका छन् ।

काठमाडौं महानगरपालिका र अन्य काठमांर्डौ क्षेत्रका स्थानिय निकायले एनरेल लगायतको सहकार्यमा तयार भएको कोभिड सर्भिलेन्स एपको प्रयोग गरिरहेका छन । यसैगरी भरतपुर, बिरगञ्ज लगायतका केहि स्थानिय निकायले स्मार्टपालिकाले विकास गरेको क्वारेन्टाइन ट्रेसिङ एप प्रयोग गरिरहेका छन । त्यसैगरी प्रदेश ५ ले डिजिटल डेटा म्यानेजमेन्ट, नेपाल ट्रेस नामक ट्रेसिङ एपको पनि प्रयोग गरिरहेको छ । यि विभिन्न एपहरुमा शंकास्पद विरामीको विवरण लिएर परिक्षणको दायरमा ल्याउने काम भइरहेको सम्वन्धित निकायले जानकारी दिएका छन । विभिन्न निकाय र सस्थाले सञ्चालन गरेका यस्ता दर्जनौ स्वपरिक्षण र ट्रेसिङ एपलाई एकिकृतरुपमा डेटा एनालाइसिस र म्यानेजमेन्टमा ध्यान दिदै प्रभावकारी बनाउन आवश्यक छ ।

लकडाउनको अवस्थामा स्वास्थ क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्दर्भमा भएको डिजिटल सवादमा एक दर्जनबढि स्वास्थ क्षेत्रका विज्ञ, सरोकारवालाहरुले आफ्नो बिचार राखेका थिए । कार्यक्रममा पुर्वमन्त्री गणेश शाहले लकडाउन भएको ५० दिन बितिसक्दा पनि संक्रमण नियन्त्रण नभएको औल्याउदै यसबाट सबैजना सचेत भइ काम गर्नुपर्ने बताए । स्वास्थ नै पहिलो प्राथमिकतामा राखेर सरकार र स्थानिय निकायले सबैको समन्वयमा प्रभावकारी ढंगले काम गरे देशमा कोरोना नियन्त्रण हुदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा ८० बढि सरोकारवाला तथा स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।

लकडाउन र संक्रमण बढिरहेको अवस्थामा के गर्ने ? यस्तो छ, विज्ञहरुको सुझाव र प्रतिकृया

शनिवार आयोजना भएको डिजिटल संवाद नामक एक अनलाइन छलफल कार्यक्रममा विभिन्न डाक्टर, सरोकारवाला व्यत्तिहरुले सरकारलाई विभिन्न सुझावहरु दिएका छन । यसैगरी हामी सबै कसरी सचेत र सुरक्षित रहने भन्नेबारेमा विज्ञहरुको सुझाव र प्रतिकृया यस्तो छ ।

सबैको आ आफ्नो जिम्मेवारी पालना गरौं
डा. रमेश महर्जन, इमर्जेन्सी विभाग, त्रिवि शिक्षण अस्पताल


नेपालमा एकजनामा देखिएको संक्रमण फैलन समय लाग्यो । नेपालगञ्जमा एकजनाबाट २२ जनामा फैलिएको उदाहरण नै छ । अब बढ्दै बढ्दै जादा अहिलेको अवस्थामा आइसकेको छ । यसकारण हामिले नाका बन्द गर्नुृपर्ने र आवतजावतलाई पुर्णरुपमा नियन्त्रण गर्नुपर्ने अवस्था हो । यसर्थ हामिले संक्रमितलाई पहिल्याएर टेस्टको दायरा बढाउनुपर्दछ । अहिले लकडाउन खोलिहाल्ने अवस्था भएको छैन, यसलाई विभिन्न पक्षबाट मुल्यांकन गर्दै खुकुलो बनाउनेतर्फ सोच्नुपर्दछ ।
हामिले नियन्त्रणको लागि विभिन्न कोभिड सर्भिलेन्स एपहरुको पनि प्रयोग गर्नसक्छौ । प्रविधिको सहि प्रयोग आवश्यक र महत्वपुर्ण छ । कोरोना नियन्त्रणमा हरेक नागरिकको जिम्मेवारीपुर्ण भुमिका त्यतिकै आवश्यक छ । आ आफ्नो ठाँउबाट हामिले योगदान गर्नुपर्दछ । व्यत्ति व्यक्तीबाट समुदाय सुरक्षित हुनसक्छ । हाम्रो समाजहरु सुरक्षित, सचेत र जिम्मेवारी भए राष्ट्र सुरक्षित हुन्छ । सबैले सचेत भएर भुमिका निर्वाह गरौ ।

सबै मिलेर कोरोनालाई लकडाउन गरौं
डा. उदय कोइराला, सिनियर कन्सलटेन्ट सर्जन, मोडल अस्पताल

अहिले सबैले लर्निङ गर्दै जाने अवस्था हो । हामिले लकडाउन कहिले खुल्छ भन्नेतर्फ बढि ध्यान दिएका छौ । तर हामिले अहिले भाइरसलाई लकडाउन गर्न सक्नुपर्दछ । भाइरस लकडाउन गर्न सक्यौ भने देश पनि लकडाउन गर्नुपर्दैन, इकोनोमी पनि लकडाउन हुदैन । अब भाइरसलाई कसरी लकडाउन गर्ने भन्नेतर्फ हामिले सोच्नुपर्दछ । यसको लागि फिजिकल डिस्टान्स कायम राख्ने, परिक्षण गर्ने र आवश्यक सुरक्षामा ध्यान दिनु नै हो ।

हामिले यसबारे सचेत भएर हामिले आफुलाई बचाउदै, अरुलाई पनि बचाउनुपर्ने अहिलेको सामाजिक दायित्व हो । यसको भ्याकसिन बजारमा उपलब्ध नभएसम्म यो अवस्था कहिलेसम्म जानसक्छ भन्न सकिने अवस्था छैन । जेष्ठ नागरिक र विरामीहरुको लागि हामिले थप सुरक्षा अपनाउनु पर्दछ । भारइस छिर्न नदिने र यसलाई नै लकडाउन नै गर्नुपर्ने सचेत हुनुपर्दछ । हामिले अब आफ्नो जिवनशैली परिवर्तन गर्नुपर्दछ । कम्युनिकेशन एकदमै महहत्वपुर्ण छ अहिले ।सरकारको महत्वपुर्ण जिम्मेवारी छदैछ, परिक्षण, उपचार र नियन्त्रणमा योजनावद्ध काम गर्नुपर्दछ ।

लाखौ संख्यामा ट्रेसिङ र परिक्षण गरौं
डा. अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ

अहिले परिक्षण सिमित क्षेत्र र व्यत्तिमा मात्र भइरहेको छ । यसले कोरोना नियन्त्रण गर्न सकिदैन । परिक्षण व्यापक रुपमा अघि बढाउनुपर्दछ । विदेशबाट नेपाल आएका व्यत्तिहरुको ट्रेसिङ गर्दै सबै क्षेत्रमा यसको दायरा बढाउन आवश्यक छ । विशेषगरी भारतबाट नेपाल आएका हजारौ व्यत्ति र सम्पर्कमा रहेकाहरुको केहि दिनमा परिक्षण गर्नसकेमात्र नियन्त्रण सजिलो हुन्छ । यतिकै छोड्यौ भने विस्तारै नेपालको जनसंख्याको तीन चौथाई प्रभावित हुनसक्छन ।

निश्चित क्षेत्रहरुमा कोरोना समुदायमा फैलिसकेको अवस्था छ । मुख्यरुपमा हामिसँग आंकडा नै छैन र यसकारण लकडाउन खोल्ने कि नखोल्ने भन्न सकिने स्थिती नै हुदैन । राष्ट्रव्यापी रुपमा आव्हवान गरेर सरकारले परिक्षणको लागि बोलाउनु पर्यो र यसको लागि फेसिलेट गरिदिनुपर्छ । हामिसाग कन्ट्राक्ट ट्रेसिङ ढिलो र अव्यवस्थित भइरहेको छ । यसकारण एकजनाबाट धेरैमा सरिसकेको हुन्छ । संक्रमित बढेको थाहा पाउने संयन्त्र र सिस्टम बनाउनुपर्दछ । कन्ट्राक्ट ट्रेसिङ गर्ने व्यत्तिहरु थोरैमात्र परिचालित छन । यसलाई तत्काल बढाएर काम सुरु गर्नुपर्दछ । लाखौंलाई क्वारेन्टिइन र आइसोलेसनमा राख्न सक्ने गरी तयार हुनुपर्दछ जस्तो लाग्छ । देशभित्र आउनेहरुको डिजिटल डाइरेक्टरी र एपहरुको पनि व्यापक प्रयोग गर्नुपर्दछ । हामि स्लो भइरहेका छौ । अब ढिला नगरौं ।

संक्रमित क्षेत्रलाई सिल गरेर टेस्टको दायरा बढाऔं
प्रा. डा. सुनिल कुमार जोशी
प्रमुख, कम्युनिटी मेडिसिन, केएमसी

कोरोना अहिलेपनि धेरै वैज्ञानिकहरुले नै बुझ्न सकेका छैनन । यसमा अनुसन्धान र खोपको परिक्षणममै छ । यसको प्रकार र फैलावटबारे अझै प्रस्ट हुन सकिरहेको छैन । नेपालको परिप्रेक्षमा हेर्दा कोरोना नियन्त्रणमा लागिरहेको उच्च स्तरिय समितीले पनि अझ प्रभावकारी काम गर्न नसकेको जस्तो लाग्छ । अब नेपालमा फैलावट बढ्ने निश्चित देखिएको छ ।

अब लकडाउन खोल्यो भने यसको संक्रमण अझ व्यापक बढ्छ । स्वास्थ संस्थाको थप तयारी र स्वास्थकर्मीलाई मनोवल बढाउदै देशैभरी इमर्जेन्सी सेवामा काम गर्नुपर्दछ । आइसोलेसनमा बसेकाको पनि टेस्ट नभएको समाचारहर आइरहेको छ । यसर्थ अब हेलचेक्राइ नगरौ । स्वाइब टेस्टलाई सबैतिर बढाउ । आवश्यक स्वास्थ सामग्री तयार गरी सबै प्रदेश र स्थानिय निकायलाई पनि सबल बनाउदै परिचारित गरौं । तराई क्षेत्रलाई सिल गरेर टेस्टको दायरा बढाउन आग्रह गर्दछु ।

डिजिटल डेटा म्यानेजमेन्टमा ध्यान दिऔं
डा. सुवास प्याकुरेल, सिइयो, हेल्थ कन्सर्न

हामिसँग विभिन्न आंकडाहरु आइरहेको छ । स्थानिय निकायले अहिलेको लागि प्रभावकारी काम गर्नसक्छ । आफ्नो क्षेत्रका बासिन्दा र नयाँ आएका व्यत्तिहरुको सम्पर्क गर्न स्थानिय निकायलाई परिचालन गर्नुपर्दछ । डेटा, डिजिटल म्यानेजमेन्ट र लोकलाइज्ड म्यानेजमेन्ट अफ पेन्डेमिकको बारेमा ध्यान दिएर काम गर्यौ भने समस्या बढ्न पाउदैन । स्थानिय निकायले सर्भिलेन्सको सिस्टम प्रयोग गरि ट्रेसिङ गर्दै डाक्टरहरुको कन्सलटेसनमा काम गर्यौ भने यसलाई नियन्त्रणमा ल्याउन सक्छौ । जसरी अहिले धेरै नगरपालिकाले सर्भिलेन्स तथा क्वारेन्टाइन सिस्टमहरु प्रयोग गर्न थालेका छन, यसलाई प्रभावकारी प्रयोग गरी टेस्टिङ, आइसोलेसन र क्वारेटिइनको व्यवस्था गर्नसक्यौ भने हामि नियन्त्रणतर्फ अघि बढ्न सक्छौ । लकडाउन एकदिन त खोल्नैपर्छ, यसको लागि प्रविधिको सहि प्रयोग गरी तयारी गरौ । यहि अवस्थामा स्वास्थ क्षेत्रलाई व्यवस्थित र विस्तार गरौ ।

डिजिटल हेल्थ र टेलिमेडिसिनलाई प्रवद्धन गरौं
डा. अनिल झा, एमडी, एपआरसिपी नेपाल


हामि अहिल अदृश्य शत्रुसँग लडाई गरिरहेका छौ । यसकारण पनि हामि त्रसित भएका छौ । विभिन्न निकाय र क्षेत्रबाट काम भइरहेको छ । हामिले आफ्नो क्षेत्रबाट सहयोग । यो महामारीले हामिले डिजिटल हेल्थ र टेलिमेडिसिनको महत्व दर्शाएको छ । हामिले अहिले घरबाट नै धेरै किसिमका मेडिकल सेवाहरु पनि दिनसक्छौ । प्रविधि मार्फत दुरदराजम्म सेवा दिन पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । लकडाउन खुलेपनि अनलाइन सर्भिस तथा कन्सल्टिङ सेवाहरुलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ । सचेतना बढाउदै अनलाइन सर्भिस तथा डिजिटल हेल्थलाई प्रवद्धन गर्नसके धेरैलाई राहत मिल्नेछ ।

सेल्फ प्रोटेक्सनमा ध्यान दिऔं
रश्मी महर्जन, कोभिड सर्भिलेन्स सिस्टम


हामिले यो समय व्यत्तिगत सरसफाई, साबुन पानीले हात धुने, माक्स र सेनिटाइजरको प्रयोग गर्ने कुरा महत्वपुर्ण हो । हामिले विभिन्न एप्लिकेशन तथा प्रविधिको सहि तरिकाले प्रयोग गर्न सक्यौ भने पनि नियन्त्रणको लागि सघाउ पुग्नेछ । व्यत्तिगत व्यवहार, खाना, सरसफाईले गर्दा धेरै हदसम्म हामिलाई सुरक्षित गर्दछ । सेल्फ प्रोटेक्सन पहिले सोचौ, त्यसपछि परिवार र समुदायलाई सुरक्षित राख्न सहयोग गरौ ।

नकरात्मक सोचबाट टाढा रहौं
पदमराज जोशी, मनोविज्ञ


हामिलाई रोगसँग लड्ने क्षमता चाहिन्छ । यसको लागि नकरात्मक सोचबाट टाढा रहनुपर्दछ । नकरात्मक सोच र सुचनाले हामिलाई कमजोर बनाउछ । यसर्थ सकरात्मक रोचाई राख्दै व्यत्तिगत सरसफाइ र सुरक्षामा ध्यान दिदै हाम्रो देनिकीलाई व्यवस्थित गर्नुपर्दछ । दैनिक कसरत गर्ने, गित संिगतमा रमाउने, पारिवारिक वैठक बस्ने र छलफल गर्ने बानी बसाल्नु राम्रो हुन्छ । मानसिक अवस्था बिग्रिरहेको र आत्महत्या बढिरहेको कुरालाई पनि ध्यान दिदै हामिले आफ्ना व्यवहारहरु नियन्त्रण गर्ने र सकरात्मक सोचको विकासमा ध्यान दिऔ ।

जनस्वाथ र प्रविधिलाई जोडेर जानु आवश्यक
रामहरी अधिकारी
जनस्वास्थकर्मी, कर्णाली प्रदेश

अहिले प्रभावकारी काम गर्न सक्ने भनेको स्थानिय निकायले हो । स्थानिय निकायबिचको सहकार्य र सञ्चारलाई बजबुत बनाउनुपर्दछ । क्राइसिसको बेलामा स्वास्थकर्मीलाई तालिम दिने र हौसला बढाउने काम गर्नुपर्दछ । अहिले कोरोनाको कारण अन्य बिरामीलाई अफ्ठेरो पर्ने अवस्था सृजना गर्नु हुदैन ।

जनस्वाथ र प्रविधिलाई जोडेर जानु आवश्यक छ । यो अवसरलाई सदुपयोग गर्दै तल्लोतहसम्म पनि सूचना प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । यसैगरी आर्थिक र अन्य रुपमा परेको असरलाई कसरी व्यवस्थित गर्र्दै जाने भन्नेबारे सोच्नुपर्दछ ।