• गृहपृष्ठ
  • दुई दिनअघि खुुलेको सेयर बजार जेठ पाँच गतेसम्म पुुन बन्द

दुई दिनअघि खुुलेको सेयर बजार जेठ पाँच गतेसम्म पुुन बन्द

May 14th, 2020

काठमाडौ, जेठ १

दुुई दिनअघि खुलेको सेयर बजार लक डाउनको अवधिभर पुन बन्द हुुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डको निर्देशन अनुसार आज बिहिबारदेखि जेठ पाँच गतेसम्म पुुन सेयर कारोवार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएको, काठमाडौमा समेत संक्रमण देखिएको सन्र्दभमा नेपाल सरकारको यही जेठ पाँच गतेसम्म जारी लक डाउनलाई यही जेठ एक गतेदेखि कडिकडाउ गरेको र लक डाउनलाई पालना गर्न आग्रह गर्न सबैलाई आव्हान गर्नुुका साथै मानिसहरुको आवतजावत गर्न सवारी पासको समेत कडाई गरेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुको धितोपत्रको दोस्रो बजारको पहुुंचमा असहज हुुने देखिएकोले लगानीकर्ताहरुको स्वास्थ सुरक्षालाई ध्यानमा राखी नेपाल सरकारबाट जारी हुुने लक डाउन अवधिभर धितोपत्रको दोस्रो बजार कारोवारलाई साविक बमजोजिम नै स्थगन गर्ने सम्वन्धमा आवस्यक व्यवस्था मिलाउन निर्देशन प्राप्त भएकाले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सञ्चालक समितीको आज बिहिबार बसेको बैठकको निर्णय अनुसार धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार (कावुु बाहिरको परिस्थिती) मा उक्त लक डाउन अवधिभर (यही जेठ एक गते देखि जेठ पाँच गतेसम्म) धितोपत्रको कारोवार स्थगन गर्ने निर्णय गरिएको हो, नेप्सेले जानकारी दिएको छ ।