• गृहपृष्ठ
  • स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो , कोरोना संक्रमित दुई सय ४५ मात्र

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो , कोरोना संक्रमित दुई सय ४५ मात्र

May 14th, 2020

काठमाडौं ,जेठ १ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरूको संख्या सच्याएको छ । मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको बताएको छ।

बिहीबार बिहान ७ : ४५ बजे सार्वजनिक ५ जना संक्रमितको विवरण पुरानै संख्यालाई दोहोर्‍याएको पाइएको हो। विज्ञप्तिमा मन्त्रालयले संक्रमित संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो।

मन्त्रालयले प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जनाएको छ ।