• गृहपृष्ठ
  • नेपालमा फेरि थपिए ५ संक्रमित, संक्रमितको संख्या २५० पुग्यो

नेपालमा फेरि थपिए ५ संक्रमित, संक्रमितको संख्या २५० पुग्यो

May 14th, 2020

काठमाडौं, ०१ जेठ

नेपालमा  थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ ५ जनामा कोरोना पुष्टि भएको हो। 

संक्रमण हुनेमा सर्लाही धान्कौला न.पा निवासी ४५ वर्षीय पुरुष, धनुसा, जनकपुर न.पा र मिथिला निवासी ४० वर्षीय पुरुष र २० वर्षीय महिला, महोत्तरी, जलेश्वर न.पा र बलवा न.पा निवासी १६ र ३५ वर्षीय पुरुषहरु रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । आजै बिहान थप दुई जनामा संक्रमण पुष्टी भएको छ ।

यससँगै नेपालमा  संक्रमितको संख्या २ सय ५० पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३५  जना घर फर्किसकेका छन् । ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।