• गृहपृष्ठ
  • कामना सेवाद्धारा कर्मचारीहरुको कोरोना बीमा

कामना सेवाद्धारा कर्मचारीहरुको कोरोना बीमा

May 13th, 2020

काठमाडौ, बैशाख ३१

कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बीमा गराएको छ ।

विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याँकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो । यस अगाडि बैंकले आम नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याई सकेको छ ।