• गृहपृष्ठ
  • नेप्लाईद्वारा लकडाउन प्रभावित कारपेन्टरहरुलाई राहत वितरण

नेप्लाईद्वारा लकडाउन प्रभावित कारपेन्टरहरुलाई राहत वितरण

May 13th, 2020

काठमाडौ, बैशाख ३१

नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोना भाइरसका कारण भएको लकडाउनले प्रभावित कारपेन्टर मजदुरहरुलाई विभिन्न स्थानमा राहात वितरण गर्दै आएको छ ।
नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाडौँकाविभिन्न स्थानमा राहत वितरण गरेको हो । नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँको बसुन्धारामा राहत वितरण गरेको छ । भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिँहले राहत सामाग्री वितरण गरेका हुन् ।

“नेप्लाइको ‘ साझेदारी समृद्घि २०२० को ’ अन्तर्गत सामाजिक तथा राष्ट्रप्रतिको उत्तरदायित्व स्वरुप राहत वितरण कार्यक्रमलाई नेपालका विभिन्न स्थानमा निरन्तरता दिनेछौँ, ”,सिँहले भने ।