• गृहपृष्ठ
  • दोस्रो दिन पनि रोकिएन सेयर बजारको ओरालो गति

दोस्रो दिन पनि रोकिएन सेयर बजारको ओरालो गति

May 13th, 2020

काठमाडौ, बैशाख ३१

लक डाउनका कारण ४९ दिन बन्द रहेको सेयर कारोवार खुुलेपनि सेयर कारोवार निकै नै निराशजनक देखिएको छ । अघिल्लो दिन कारोवार खुुलेको पहिलो एक घण्टामा नै २५ अंकले घटेर बन्द भएको सेयर बजारमा आज बुुधबार पनि त्यही घटना दोहोरिएको छ ।

आज कारोवार खुलेको ३९ मिनेटमा अर्थात ११ः३९ बजेसम्ममा सेयर बजार दुुई प्रतिसतले घटेपछि पुरै दिनको कारोवार बन्द भएको छ । नेप्से २४ दसमलव ५८ अंकले घटेर १२ सय एक दसमलव ५७ अंकमा पुुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ३५ अंकले घटेर दुुई सय ६० दसमलव ३२ अंकमा पुुगेपछि बजार बन्द भएको हो ।


नेप्सेमा आज ७४ कम्पनीहरुको दुुई सय ११ वटा कारोवारमा १० हजार पाँच सय २६ कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम ३६ लाख १३ हजार पाँच सय २३ रुपैयाँ पुुगेको छ । आज ११ वटा समुहको कारोवार हुुंदा ११ वटै समुहको सुचक घटेर बजार पुरै रातो भएको छ । आज कारोवार भएका मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ६५ अंकले घटेर एक हजार ४१ दसमलव ५० अंकमा झर्दा बिकास बैंक समुहको सुचक पनि तीन दसमलव ३८ अंकले घटेर १६ सय ८७ दसमलव ७३ अंकमा झरेको छ । जलबिद्युुत, उत्पादनमुुलक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचक पनि उच्च अंकले घटेकाछन ।


नेप्सेमा आज लक्ष्मी बैंकको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँले घटेर एक सय ९४ रुपैयाँमा सेयर किनबेच हुुंदा तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मुल्य पनि तीन रुपैयाँले नै घटेर एक सय ९४ रुपैयाँमा किनबेच भएको छ । नागरिक लगानी कोष, स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य पनि घटेको छ ।


आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता पाँच सय ८७ रुपैयाँ अन्तिम मुल्यमा आठ लाख ६२ हजार नौ सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । यि बाहेक नेपाल बैक, नबिल बैंक, नागरिक लगानी कोष, प्रभुु बैंक आदिको पनि बढी रकम कारोवार भएकाछन ।