• गृहपृष्ठ
  • नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक–भाइबरबाटै एनएमबिमा खाता खोल्न सकिने

नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक–भाइबरबाटै एनएमबिमा खाता खोल्न सकिने

May 12th, 2020

काठमाडौ, बैशाख ३०

फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता÷मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्चप्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजताप्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजनाहो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।