• गृहपृष्ठ
  • सिटिजन लाइफको जीवन बीमा कोषमा दुई सय १२ प्रतिसतले बढ्यो

सिटिजन लाइफको जीवन बीमा कोषमा दुई सय १२ प्रतिसतले बढ्यो

May 12th, 2020

काठमाडौ, बैशाख ३०

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६÷०७७ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा दुई सय १२ प्रतिसतले वृद्धि गरेको छ ।

गत चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ४० करोड ४७ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम १ अर्व २६ करोड ४५ लाख पुगेको छ । यसका साथै सोही अवधिमा कम्पनीको खुद बीमा शुल्कमा पनि ७९ प्रतिसतको वृद्धि भएको छ । कम्पनीले गतआ. व. को चैत्र मसान्तसम्ममा खुद बीमा शुल्क ६५ करोड ५ लाख संकलन गरेकोमा यस आ. व.को सोही अवधिमा १ अर्व १६ करोड ३५ लाख खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानीलाई प्राथमिकता दिई कुल लगानी रकम करिब तीन अर्ब ६० करोड मध्ये ९६ प्रतिसत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भनिर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । साथै कम्पनीले अहिलेको विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन सम्पूर्ण कर्मचारी तथा कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई एक लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराउनुका साथै बीमितहरुको सुविधालाई मध्यनजर गरी ई सेवा, फोन पे, कनेक्ट आईपिएस लगायतका डिजिटल माध्यमबाट बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत गरेको छ ।