• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १० प्रतिसत छुट

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १० प्रतिसत छुट

May 12th, 2020

काठमाडौ, बैशाख ३०

महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले यही चैत १६ गते जारी गरेको निर्देशन बमोजिम२०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत्र मसान्तभित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १० प्रतिसत छुट प्रदान गरेको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिसत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैकमा ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।