नेप्से २५ अंकले घट्यो

May 12th, 2020

काठमाडौ, बैशाख ३०

झण्डै ४८ दिन देखि बन्द रहेको सेयर बजार खुुलेको पहिलो दिन नै २५ अंकले घटेको छ । आज मंगलबार नेप्से २५ दसमलव तीन अंकले घटेर १२ सय २६ दसमलव १५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ३९ अंकले घटेर दुुई सय ६५ दसमलव ६७ अंंकमा पुुगेको छ । आज ८७ कम्पनीहरुको दुई सय ९१ वटा कारोवारमा १० लाख छ हजार तीन सय १२ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम १० करोड ४३ लाख ७२ हजार छ सय ४६ रुपैयाँ पुगेको छ ।

आज ११ वटा समुहको कारोवार भएको सबै समुहको सुचक ओरालो पछि सबै सुचक रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ११ अंकले घटेर एक हजार ६७ दसमलव १५ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक १५ दसमलव ३६ अंकले घटेर १६ सय ९५ दसमलव ६५ अंकमा झरेको छ । यि बाहेक जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

आज सबै कम्पनीहरुले गुमाएकाछन । गुुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन बैंकको सेयर मुल्य तीन रुपैयाँले घटेर चार सय ८५ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक नबिल बैंक, नागरिक लगानी कोष, कृषि बिकास बैंक आदिको सेयर मुल्य पनि घटेकाछन । कारोवार भएको रकमको आधारमा आज पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २३ सय ६७ रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ८८ लाख ५७ हजार पाँच सय ९० रुपैयाँको सेयर किनबेच भएको । यि बाहेक छिमेक लघुुबित्त बित्तीय संस्था, नबिल बैंक, कामना सेवा बिकास बैंक आदिको पनि बढी रकम कारोवार भएकाछन ।