• गृहपृष्ठ
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

May 11th, 2020

काठमाडौँ, २९ वैशाख

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार नयाँ १३ जना संक्रमितकोको पुष्टी भएको हो । संक्रमित हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरु ,रुपन्देहीको समरीमाई गाउँपालिका‍- ७ र लुम्बिनी सस्कृतिक गाउँपालिका ६
निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषहरु र बर्दिया राजापुर नगरपालिका- ५ कि ११
वर्षीय बालिका रहेको प्रयोगशालाले जनाएको छ ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३१   जना घर फर्किसकेका छन् ।