• गृहपृष्ठ
  • नेपाल बैंकको नौ महिनाको नाफा एक अर्ब ९९ करोड

नेपाल बैंकको नौ महिनाको नाफा एक अर्ब ९९ करोड

May 11th, 2020

काठमाडौ, बैशाख २९

नेपाल बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार एक सय ५१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब २४ करोड ५५ लाख ७६ हजार आठ सय ४१ रुपैैयाँ रहेको थियो ।

चुक्ता पुंजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २२ अर्ब ७० करोड तीन लाख ६६ हजार पाँच सय ५७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६७ करोड ८६ लाख छ हजार एक सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ करोड ८२ लाख ४६ हजार सात सय रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ६४ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८८ हजार नौ सय ३८ रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार दुुई सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७२ करोड ५२ लाख ५५ हजार तीन सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ७७ प्रतिसत कर्जा रहेको थियो ।