• गृहपृष्ठ
  • एभरेष्ट बैंकका कर्मचारीद्वारा ३० लाख रुपैयाँको राहत सामग्री वितरण

एभरेष्ट बैंकका कर्मचारीद्वारा ३० लाख रुपैयाँको राहत सामग्री वितरण

May 10th, 2020

काठमाडौ, बैशाख २८

एभरेष्ट बैंक कर्मचारी परिवारले लकडाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेकाछन् । यी राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयकासाथ वितरण गरिएको थियो । राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए ।

पहिलेदेखि नै खराब अर्थतन्त्र रहेको नेपालमा, हाल यो कोविड १९ महामारीले थप गम्भीर रूपमा नकारात्मक प्रभाव पारेको छ । यस्को अनिश्चित प्रभाव लामो समयसम्म देखिनुको साथै वित्तीय क्षेत्रमा अधिक अस्थिरताको रुप लिन सक्नेछ । एभरेष्ट बैंकका कर्मचारीहरुले, लकडाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेकाछन् । एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । बैंकले यसअघि पनि नेपाल सरकारको कोविड राहत कोषमा एक करोड दुुई लाख रुपैयाँ रकम प्रदान गरिसकेको छ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेकाछन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंककोरुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेकाछन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।