• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

May 10th, 2020

काठमाडौ, बैशाख २८

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ । बैंकको शाखा कार्यालय घोराहीले घोराहीउप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराहीउप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन ।
यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका हुुन ।

साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्तिकुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्तिकुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।