एनबिआईद्धारा पिपिई हस्तान्तरण

May 8th, 2020

काठमाडौ, बैशाख २६

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले छिमेकी राष्ट्रचीनबाट खरीद गरी ल्याईएको स्वास्थ्य सामग्री १,०००(एक हजार) थान ३० लाख बराबरको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) स्वास्थ्य सामग्री आज आयोजित एक कार्यक्रमका बीच उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाईह स्तान्तरण गरेको छ । सो सामग्रीहरू स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरी सातै प्रदेशमा हस्तान्तरण गरिने छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखराज भट्टले पहलले यस राष्ट्रिय व्यवसायिक पहलले कोरोना संकटको चूनौतीपूर्ण घडीमा प्रारम्भ देखिनै आर्थिक सहयोगएवं राहत संकलन तथा वितरणमा पु¥याउँदै आएको सहयोगका सहह्राना गर्दे प्राप्त स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताएकाछन । साथै मन्त्री भट्टलेबन्द उद्योगहरू कसरी पूर्ववत अवस्थामा चलाउन सकिन्छ भनेर जिज्ञासा राखे । त्यसै गरी नीजी क्षेत्र र सरकार बीच हातेमालो गरी अगाडी बढने कुरा बताए । पहलका अध्यक्ष कुशकुमार जोशीले मुलुक अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाईरसको कारण सिर्जित संकटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्प प्रायः भएको बताउँदै अविलम्व एकिकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउनेतर्फ पहलका तर्फबाट सरकारको ध्यानाकर्षण गराएकाछन ।

मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करीब दुईदशक देखि क्रियाशिल पहलेयसका अतिरिक्त कार्यस्थल सम्बन्धि प्रकाशन लगायत अन्य सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको र भविष्यमा पनि आफनो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिईने बताए , साथै बन्द भएका उद्योग व्यवसायहरू सुरक्षित तरिकाले पूर्ववत अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भुमिका खेल्नुपर्ने बताए । त्यसै गरी पहलका संस्थापक अध्यक्ष पदम ज्योतिले पनि बन्द भएको उद्योग पूर्ण संचालन गर्न सरकार, उद्योगीहरू तथा कर्मचारीहरूसँग सरसल्लाह गरी ठोस् योजना ल्याउनुप¥यो भन्ने कुरा बताए ।

पहलका सदस्य तथा सभासद उमेश श्रेष्ठले अहिलेको बिश्सम परिस्तिथिमा सरकार,उद्योग र मज्दूर संघको प्रतिनिधि बसि गहन छलफल गरी के कसरी मज्दूरहरूको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा मन्त्रीको ध्यान आकर्षण गराए । उपस्थित अन्य पदाधिकारीहरुलेयस महामारीबाट पर्नेसम्भावित क्षति न्युनीकरण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, नागरीक समाज, राजनैतिक दल, आमजनता तथा समाजका सबै जिम्मेवार पक्षकोसाझा प्रयास र संकल्पको खाचो औल्याएकाछन । सो स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उद्योग सचिव चन्द्र घिमिरे, वाणिज्य सचिव बैकुण्ठ अर्याल,पहलका तर्फबाट महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, सचिव गोपीकृष्ण न्यौपाने र जोन्ता क्लबको तर्फबाट मिरा ज्योतिको पनि उपस्थिति रहेको थियो ।