• गृहपृष्ठ
  • मंगलबारबाट दैनिक दुई घण्टा सेयर बजार खुल्ने

मंगलबारबाट दैनिक दुई घण्टा सेयर बजार खुल्ने

May 8th, 2020

काठमाडौ, बैशाख २६

आगामी मंगलबारबाट अर्थात यही बैशाख ३० गतेबाट दैनिक दुुई घण्टा सेयर बजार खुल्ला हुुने भएको छ । नेपाल सरकारको यही बैशाख २४ गतेको निर्णय अनुुसार बैक तथा बित्तीय संस्था, धितोपत्र, सहकारी मार्फत आवस्यक सेवा प्रवाह गर्ने निर्णय अनुसार आज शुुक्रबार नेपाल धितोपत्र बोर्डको कार्यलयमा धितोपत्र बजार सम्वद्ध पक्षहरु नेपाल स्टक एक्सचेन्ज, सिडिएस, मर्चेन्ट बैंकर, डिपी ब्रोकर आदि संग भएको छलफल पश्चात यही बैशाख ३० गतेबाट आँशिकरुपमा सेयर कारोवार खुल्ला गर्न लागेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार उक्तदिनबाट धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गरिने छ । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा दुुई प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने निर्णय पनि बोर्डले गरेको छ । धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपिएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपिएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने छ ।

लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा भ्म्क्ष्क् मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने र २०७७ आषाढ मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने।सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउनुु पर्ने छ । धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने निर्णय पनि बोर्डले गरेको छ । यसैगरी नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने, २०७७ आषाढसम्म अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताहरुसँग पासवर्ड र युजर आईडी प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने निर्णय पनि बोर्डले गरेको छ । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले पासवर्ड र युजर आईडी लिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय पनि बोर्डले गरेको छ ।

यसैगरी सिडिएसको सिस्टमबाट आउने एभरेज प्राईसलाई धितोपत्र दलालले म्यानुअल इन्टी गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ । लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेक्सको व्यवस्था गर्ने र सो को जानकारी दिने, नेप्से र सिडिएसले आवश्यक सेप्mटी प्रोटोकल बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । नेप्से, सिडिएस, मर्चेन्ट बैकर, डिपी ब्रोकर कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको छ । नेप्से, सिडिएस, मर्चेन्ट बैकर, डिपी ब्रोकर ककार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउने छ । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने, धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ ।

नेप्से, सिडिएस, मर्चेन्ट बैकर, डिपी ब्रोकरको कार्यालय आगामी आईतबारबाट सञ्चालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार यही बैशाख ३० गते मंगलबारबाट संचालन गर्ने निर्णय पनि बोर्डले गरेको छ ।