• गृहपृष्ठ
  • राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्धारा सर्वदलीय बैठकमा राप्रपालाई समावेश गराउन माग

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्धारा सर्वदलीय बैठकमा राप्रपालाई समावेश गराउन माग

May 8th, 2020

काठमाडौ, बैशाख २६

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्धारा सर्वदलीय बैठकमा राप्रपालाई समावेश गराउन माग गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका प्रवक्ता छत्र खडायतले प्रेस बिज्ञप्ती जारी गर्दे बुढिगंगा नगरपालिकामा चलिरहेको “सर्वदलीय बैठकमा राप्रपालाइ समावेश गराउन माग गरेका हुुन ।

कोरोना भाइरस (कोभिड १९) लक डाउनको बेला धनी र पहुँच हुने वर्गलाई मात्र राहत नदिई गाउँ घरमा भएका एकल, असाहय, गरिब, बर्गलाई बितरण गरिनु पर्दछ, भनि आवाज उठाउदा बुडिगंगा नपा. वडा नं ४ अध्यक्ष लगाएत प्रतिनिधिले कार्यालय तोडफोड गरेको र आफुमाथी हातपात गरेको अफवाह फैलाइ झुटा मुद्धा लगाइ थुन्ने थुनाउने कार्यप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो निन्दनीय कार्यप्रति खेद प्रकट गर्दछ। साथै प्रवक्ता छत्र खडायतलाई बिना सर्त तुरुन्त रिहाइ गरियोस्, बिज्ञप्तीमा भनिएको छ । तत्काल रिहाइ नगरेको खण्डमा नगरपालिकाले गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी समेत खडायतले दिएकाछन ।