• गृहपृष्ठ
  • लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर पाँच सय एमएलको बोतलमा पनि

लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर पाँच सय एमएलको बोतलमा पनि

May 8th, 2020

काठमाडौं बैशाख २६

औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर पाँच सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।

सुरुमा कम्पनीले एक सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर पाँच सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनबजंग पाण्डेले जानकारी दिए ।

उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पादन गरिएको जानकारी दिए । पाँच सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य पाँच सय पन्ध्र रुपैया पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा मिपार्टमेन्टल स्टोरहरुमा पाइने जानकारी पाण्डे दिए ।