• गृहपृष्ठ
  • दी नेपाल डिष्टिलरीजको सामाजिक पहल , सेवाभावको तस्विर वा भिडियो शेयर गर्दा एक हजार जम्मा गरिदिने

दी नेपाल डिष्टिलरीजको सामाजिक पहल , सेवाभावको तस्विर वा भिडियो शेयर गर्दा एक हजार जम्मा गरिदिने

May 7th, 2020

काठमाडौं, बैशाख २५

बिश्व यतिवेला कोरोना भाइरस (कोभिड–१९) को महामारीमा छ । यस्तो वेलामा जो कोहीलाई पनि सहयोगी हात र सहयोगी मनहरुको जरुरत पर्नसक्दछ । वास्तवमा नै अप्ठ्यारोमा परेकाहरुका लागि यस्तो वेला सानो पहलवाट पनि ठूलो सहयोग पुगिरहेको हुन्छ ।

यसै कुरालाई मध्यनजर गर्दै दी नेपाल डिष्टिलरीजले आफ्नो सामाजिक पहल अन्तर्गत एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । बिशुद्ध सेवाभावका हेतुले कम्पनिले ल्याएको यो नयाँ योजना अनुसार सहयोगी मन हुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्विर वा भिडियो, जानकारी सहित आफ्नो फेसवुकमा #thenewbrave  लेखी शेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ । यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फवाट हरेक पोष्ट बराबर एक हजार रुपैयाँका दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेका लाई खाद्यान्न तथा औषधीजन्य सामाग्री उपलब्ध गराउने छ ।

दी नेपाल डिष्टिलरिजलको समाजिक पहल अन्तर्गत शुरु गरिएको यो योजनामा सहभागीभई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो शुरुवात वाट धेरैले लाभ लिन सक्नेछन् । यो योजना अनुरुप जतिधेरै मानिसले फोटो वा भिडियो पोष्ट गर्यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरीजका तर्फवाट जम्मा हुन जान्छ । जुन रकम वास्तविकरुपमा खाँचोमा परेका हरुले प्राप्तगर्ने मौका पाउँछन् । यसर्थ दी नेपाल डिष्टिलरीजको यो पुनित योजनामा सहयागी वनौं–वास्तवमै खाँचोमा परेकाहरुको खाँचो टार्न सहयोग गरौं ।

दी नेपाल डिष्टिलरीजले भनेको छ, ‘वीरताको अर्थ के हो ? आफूसँग कम हुँदापनि बाँड्न सक्नु, सानो भएपनि बाँड्न सक्नु, सानो भएपनि भिन्नता ल्याउनु, आफूसँग केही नहुँदापनि अरुलाई सहयोगगर्नु, कसैलाई साथ दिनु, अटल भएर बिश्वास गर्नु, निश्वार्थी भएर अरुलाई सहयोग गर्नु र अरुको हेरचाह गर्नु वीरता हो ।’ यही महान उद्धेश्यवाट पे्ररित भई कम्पनिले यो योजना ल्याएको हो ।