• गृहपृष्ठ
  • आगामी आईतबारबाट सेयर बजार खुल्ने संभावना बलियो

आगामी आईतबारबाट सेयर बजार खुल्ने संभावना बलियो

May 7th, 2020

काठमाडौ, बैशाख २५

आगामी आईतबारबाट सेयर कारोवार खुल्ने संभावना बलियो देखिएको छ । कोरोना भाईरस (कोभिड १९) को महामारी फैलिएसंगै गत चैत ११ गते देखि बन्द रहेको सेयर कारोवार बैशाख २८ गते देखि खुल्ने संभावना रहेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

यसअघि सरकारले लकडाउनको अवधि थपेर बैशाख २५ गतेसम्म कायम राखेको थियो । सो पश्चात नेप्से बैशाख २६ गतेबाट सेयर कारोवार खुल्ने गर्ने घोषणा गरेको थियो । सरकारको उक्त घोषणामा बैशाख २६ गते शुुक्रबार परेकाले बैशाख २८ गतेबाट सेयर कारोवार खुल्ला हुुने भनिएको थियो । तर सरकारले लकडाउनको अवधि पुुन थप गरेर जेठ पाँच गतेसम्म कायम गरेको छ । तर यो अवस्थामा हामी पुुर्वघोषित कार्यतालिका अनुसार सेयर बजार खुुलाउने पक्षमा रहेको र यसको बारेमा औपचारिक निर्णय भने भई नसकेको नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले जानकारी दिएकाछन । यो अवस्थामा शुक्रबार बस्ने नेप्सेको नियमित बैठकले सेयर बजार खोल्ने बारेमा औपचारिक निर्णय गर्ने उनको भनाई छ ।