• गृहपृष्ठ
  • मेरो माइक्रो फाइनान्सद्धारा बिदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग

मेरो माइक्रो फाइनान्सद्धारा बिदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग

May 6th, 2020

काठमाडौ, बैशाख २४

मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थाका लागि बिदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागि फाइनान्सका बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितलाई ५० हजारको चेक प्रदान गरिएको हो । चेक हस्तान्तरणको क्रममा प्रमुख पण्डितले फाइनान्स गतिविधिलाई र प्रशंसा गर्नु हुँदै आफ्नो कारोबार नाफासंग मात्र नजोडी स्थानियहरुसंगको सम्बन्धलाई आत्मियतासंग जोड्न सके संस्थाले ब्यबसायिक सफलता प्राप्त गर्न सक्ने बताए ।

यहि सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ । मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।