• गृहपृष्ठ
  • कोरोना अपडेटः विश्वभर २ लाख ५८ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ५८ हजारको मृत्यु

May 6th, 2020

जेनेभा, २४ वैशाख (रासस–एएफपी)
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ७८७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा २३६, स्पेनमा १८५, फ्रान्समा ३३० र बेलायतमा ६९३ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा पछिल्ला २,३ दिनसम्म मृत्युदर केही कम रहे पनि विगत २४ घण्टामा एकाएक मृत्यु हुनेको संख्या बढेको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ३५० जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति