• गृहपृष्ठ
  • एभरेष्ट बैंकको मोबाईल बैंकीङ्ग एप अब नयाँ अद्यावधिक सुविधाहरुका साथ

एभरेष्ट बैंकको मोबाईल बैंकीङ्ग एप अब नयाँ अद्यावधिक सुविधाहरुका साथ

May 6th, 2020

काठमाडौ, बैशाख २४

एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाईल बैंकिङ्ग एप ईबिएल टच २४ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेका छन् , जसवापत ईबिएल टच २४ थप सुरक्षित, द्रुत र भरपर्दो बन्न गएको छ ।

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ईबिएल टच २४ को स्तरोनतीको साथ अब ग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाईल नम्बर प्रयोग गरेर सहजै लग(इन् गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि।भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अनलाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युु आर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसै गरी ग्राहकहरुको सहज्ता र सुरक्षाका लागि, फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंककोरुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेकाछन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आइरहेको छ ।