• गृहपृष्ठ
  • प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

May 5th, 2020

रौतहट, २३ वैशाख

प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा राजपुर नगरपालिका-५ बस्ने ५० वर्षीय राजकिशोर भाट मालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा राजकिशोर र छिमेकीबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाईबुझाई गर्ने क्रममा उनले प्रहरीमाथि नै हातपात तथा अभद्र व्यवहार गरेपश्चात मालीलाई प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र भगत माली हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।