• गृहपृष्ठ
  • गर्भनर महाप्रशाद अधिकारीद्धारो सम्पती बिवरण सार्वजनिक

गर्भनर महाप्रशाद अधिकारीद्धारो सम्पती बिवरण सार्वजनिक

May 5th, 2020

काठमाडौ, बैशाख २३

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले राष्ट्र बैंकको बेभसाईट मार्फत आफ्नो सम्पती बिवरण सार्वजनिक गरेका हुुन ।

यसअघि नेपाल राष्ट्र बैंकको डेपुुटी गर्भनरबाट अवकाश पाएका अधिकारी लगानी बोर्डको अध्यक्ष समेत रहेका थिए । सो पश्चात पुुन यही चैत २४ गर्भनर पदमा नियुुक्त भएका अधिकारीले आफ्नो सम्पती बिवरण सार्वजनिक गरेका हुुन । बिवरण अनुसार अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा जग्गा किनेर राखेको उनको सम्पत्ति विवरणमा देखिएको छ ।

अधिकारीको झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । उनको ललितपुरको सैँबुमा २२०० वर्ग्फिटमा बनेको घरसमेत रहेको छ । अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । बैंक तथा वित्तीय संस्थाको खातामा भने १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरुको एक करोड ७ लाख रुपैयाँमा किनेको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख रहेको छ ।