• गृहपृष्ठ
  • माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल

माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल

May 5th, 2020

काठमाडौँ, २३ वैशाख (रासस)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउनुहुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताउनुुभएको छ ।

उहाँले महान् दार्शनिक माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गर्नुभएको छ । अध्यक्ष दाहालले २१औँ शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पार्नुभएको छ ।

विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गर्नुुभएको छ । उहाँले माक्र्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।