• गृहपृष्ठ
  • कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा

कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा

May 5th, 2020

काठमाडौ, बैशाख २३

विश्वव्यापी महामारीकारुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) कोे कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंक यसप्रति जिम्मेवार बन्दै आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने पवित्र उद्देश्यका साथ बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेको इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम पाँच हजार रुपैयाँ रहने छ । यने खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा, अनलाई एकाउन्ट ओपनिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।