• गृहपृष्ठ
  • सानिमा बैंक र दराजको सोमबार शपिङ्गबार योजना

सानिमा बैंक र दराजको सोमबार शपिङ्गबार योजना

May 4th, 2020

काठमाडौ, बैशाख २२

सानिमा बैंक लिमिटेड र दराज प्रा.लि.विच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुटदिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्पmत शपिङ्ग गर्दा १० प्रतिसत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन । यो योजना आज सोमबार देखि लागुु भएको हो ।

उक्त सम्झौतामा सानिमा बैंककातर्पmबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजकातर्पmबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका हुुन । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्गप्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न सक्नेछन ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।