• गृहपृष्ठ
  • नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

May 3rd, 2020

काठमाडौँ, २१ वैशाख

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जका १६,२१,३४ वर्षका पुरुषहरु र ४०,५५,६० वर्षीय महिलाहरुमा कोरोना संक्रमण पुष्टि गरेको छ।  निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । योसँगै आजै मात्र बाँकेमा नै सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ ।

यसअघि आजै नै बाँकेमा नौजनामा सङ्क्रमण देखिएको थियो । योसँगै बाँकेका सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । आज नेपालमा पहिलोपटक सबभन्दा बढी सङ्क्रमित १६ जना देखिएको पहिलोपटक हो । यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो ।

यस सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।