• गृहपृष्ठ
  • पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा तीन अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण

पञ्चकन्या स्टिलका उपत्यकाका डिलरहरूद्वारा तीन अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण

May 3rd, 2020

काठमाडौ, बैशाख २१

नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूह अन्तरगतको पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल( महाराजगन्ज र धुलिखेल अस्पताल( धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ-आफ्ना प्रतिनिधिहरूकोे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको समूहको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।