• गृहपृष्ठ
  • नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघद्वारा जारी सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको जानकारी

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघद्वारा जारी सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको जानकारी

May 3rd, 2020

काठमाडौ, बैशाख २१

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सयुुक्त बिज्ञप्ती जारी गर्दे सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको जानकारी दिएकाछन । विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आप्mना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको छ, बिज्ञप्तीमा भनिएको छ । अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको बिज्ञप्तीमा जनाएको छ ।

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखि उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौ, बिज्ञप्तीमा भनिएको छ ।