• गृहपृष्ठ
  • पाकिस्तानमा कोरोनाभाइरसबाट झण्डै १९ हजार सङ्क्रमित

पाकिस्तानमा कोरोनाभाइरसबाट झण्डै १९ हजार सङ्क्रमित

May 3rd, 2020

इस्लामावाद, २१ वैशाख (रासस/एएनआई)

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ ।

पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित भएका हुन् ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३२ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् ।