• गृहपृष्ठ
  • लकडाउन सकिएको १५ दिनभित्र बीमा कम्पनीहरुले बीमालेखको नविकरण गर्नुपर्ने

लकडाउन सकिएको १५ दिनभित्र बीमा कम्पनीहरुले बीमालेखको नविकरण गर्नुपर्ने

May 3rd, 2020

काठमाडौ, बैशाख २१

सञ्चालनमा रहेका सबै किसिमका बीमा कम्पनीहरुले लक डाउन सकिएको १५ दिनभित्रमा बीमालेखको नबिकरण गर्नुुपर्ने भएको छ । नियमनकारी निकाय बीमा समितीले आज आईतबार बीमा कम्पनीहरुको नाउँमा नयाँ परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशन अनुसार कोभिड १९ को संंक्रमणका कारण सिर्जना भएको असामान्य परिस्थितीमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्वन्धीत बीमितको लिखित अनुरोध (बिद्युतीय माध्यमबाट प्राप्त समेत) का आधारमा बीमालेख नबिकरण गर्ने व्यवस्थालाई लकडाउन अवधि सकिएको मितीले १५ दिनसम्म कायम गर्ने व्यवस्था मिलाउनुु पर्ने छ । यसैगरी लकडाउनको अवधिभित्र संकलन गर्नुुपर्ने जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्नुुपर्ने छ भने उक्त अवधिको व्याज नलाग्ने व्यवस्था गर्नुुपर्ने छ ।

यसैगरी २०७६ चैत र २०७७ बैशाख महिनामा नविकरण गर्नुुपर्ने बीमा अभिकर्ता र सर्वेयरको ईजाजतपत्र नविकरणको म्याद असारम्म थप गरी सो वापत जरिवाना नलाग्ने व्यवस्था मिलाउनुु पर्ने, निर्जिवन बीमकले पनि तत्काल सिर्जना हुुने दावी भुक्तानीको लागि बिद्युुतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दावी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिनुुपर्ने छ ।