नेकपा सचिवालय बैठक साढे ५ बजे बस्ने

May 2nd, 2020

काठमाडौँ, २० वैशाख

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो ।