• गृहपृष्ठ
  • इन्टेरियर डिजाईनर्सद्धारा स्वास्थ सामाग्री सहयोग

इन्टेरियर डिजाईनर्सद्धारा स्वास्थ सामाग्री सहयोग

May 2nd, 2020

काठमाडौ, बैशाख २०

इन्टेरियर डिजाईनर्स एशोसिएसन (आइडिया) नेपालले स्वास्थ सामाग्री सहयोग गरेको छ । आईडिया नेपालले विश्वव्यापीरुपमा फैलिएको कोभिद १९ रोगबाट बच्न सफाई कर्मीहरुलाई मास्क, बूट जुत्ता र पन्जा सहयोग गरेको हो ।

सो सामग्रीहरु आईडिया नेपालका अध्यक्ष बिन्द्रा कछिपपि प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई महानगर कार्यालयको परिसरमा हस्तान्तरण गरेका हुुन । उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आईडियाको प्रसंशा गर्दै कोरोना भाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका विभिन्न क्रियाकलापबारे जानकारी दिए ।

आईडिया नेपालका अध्यक्ष बिन्द्रा कछिपति प्रधानले कोभिदको महामारीको समयमा पनि खटिरहेका सफाईकर्मीहरुलाई केही राहत सहयोग उपलब्ध गराउन पाउँदा आईडिया नेपालले गौरन्वावित भएको कुरा व्यक्त गरे । आईडिया नेपालले वि.सं. २०६० मंसिर १ गते स्थापित नेपालका इन्टेरियर डिजाइनरहरुको एक मात्र पेशागत संस्था हो ।