• गृहपृष्ठ
  • विदेशमा रहेका कामदारलाई स्वदेश फर्काउन पौरखीको माग

विदेशमा रहेका कामदारलाई स्वदेश फर्काउन पौरखीको माग

May 1st, 2020

काठमाडौ, बैशाख १९

वैदेसिक रोजगारबाट फर्केका आएका कामदारको संस्था पौरखी नेपालले विदेशी भूमिमा अलपत्र परेका कामदारलाई स्वदेश ल्याउन सरकारसंग माग गरेको छ ।

१३१ औ अन्तराष्टिय श्रमिक दिवशको उपलक्षमा एक बक्तव्य जारी गर्दै पौरखी नेपालले सो माँग गरेको हो । विश्वव्यापी महामारीका रुपमा देखा परेको नोवल कोभिड–१९ नामक कोरोना भाइरसको सामना गर्न बन्दाबन्दीका कारण लाखौ नेपाली कामदार विदेशी भूमिमा रोकिएको दावी गर्दै पौरखी नेपालले उनीहरुको स्वदेश फर्क पाउने सार्वभौम मानव अधिकार खोसिएको उल्लेख गरेको छ ।

पौरखी नेपालका तर्फबाट निवर्तमान अध्यक्ष मन्जु गुरुङ द्धारा जारी बक्तव्यमा श्रमजिबी कामदार बर्गको जिविका प्रभावित बनेको र अनेकौ विपन्न बालबालिका, ज्येष्ठ नागरिकको गाँस खोसिएका स्मरण गरिएको छ ।

‘नेपाली कामदारहरु यतिबेला विदेशी भूमिमा कोरोना संक्रमणको उच्च जोखिममा परेर पनि मानवोचितउपचार, राहत र मातृभूमिमा फर्कन पाउने सार्वभौम मौलिक मानवअधिकारबाट बन्चितहुन परिरहेको छ । हजारौ नेपालीकामदारहरु विदेशको सडकमा अलपत्र परेका छन् । भारतमाकामगर्न गएका कामदारहरु सीमामा रोकिएका छन् भने आन्तरिक श्रमबजारमाकार्यरत श्रमिकहरु नाजुक जीवन बाँच्न बाध्य भएका छन् ।’ पौरखी नेपालको बक्तव्यमा भनिएको छ –‘यसमापनि सबै भन्दा बडी जोखिममा नेपाली महिला कामदारहरु भएको कतैबाट छिपेको छैन । खास गरेर महिलालाई वैदेशिक रोजगारमा प्रतिबन्ध लागेका कारण वैकल्पिक माध्यमबाट विदेशी भूमिमा पुगेका महिला कामदारहरु स्वदेश फर्कने अनुमति समेत नपाएर बिजोगको अवस्थामा पुगेका छन् ।’

अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा ज्यान र जीवन संकटमा परेका ती श्रमजिवी कामदार वर्गलाई लक्षितगरि शिघ्र विशेष कार्यक्रम घोषणा गरियोस भन्ने माँग पौरखी नेपालले गरेको छ । वैदेशिक रोजगारमा जाने महिला घरेलु कामदार माथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरी नेपाल फर्कन पाउने आधारभूत मानवअधिकारको संरक्षण गन पनि उस्ले सुझाएको छ । पौरखी अगाडि भन्छ, नेपाल महामारीको संकटबाट प्रभावितकामदारलाई उचितक्षतिपुर्ति, राहत, र रोजगारीका वैकल्पिकमार्ग खोल्न हार्दिक अपिल गर्दछौ, ।