• गृहपृष्ठ
  • राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं: अध्यक्ष थापा

राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं: अध्यक्ष थापा

Apr 30th, 2020

काठमाडौ, बैशाख १८

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं गर्न आवस्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएकाछन ।

तितोलाग्न सक्छ, तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’ आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन, अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था र प्रणाली हो।पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो, अध्यक्ष थापाले भने । अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होईन, संभव पनि छैन । १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौ, उनले भने ।

राप्रपा अध्यक्ष थापाले राष्ट्रिय सहमति कायम गरि अघि बढौं भन्दै एक महिना भन्दा बढी समयदेखि महाकाली पारी भारतको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने वारे सरकारले गरेको पहल स्वागतयोग्य रहेको बताए । ढिलो भएपनि ठिक निर्णय भएको छ, अब विभिन्न मुलुकमा अलपत्र परेका र दुख पाएका अन्य नेपालीहरुको पनि उद्धार गरियोस, उनले भने ।