• गृहपृष्ठ
  • नेशनल लाईफद्धारा म्याचुरिटी क्लेम बापत एक करोड ८४ लाख रुपैयाँ भुक्तानी

नेशनल लाईफद्धारा म्याचुरिटी क्लेम बापत एक करोड ८४ लाख रुपैयाँ भुक्तानी

Apr 30th, 2020

काठमाडौ, बैशाख १८

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले म्याचुुरिटी क्लेम अर्थात पुर्णवधी दावी वापत एक करोड ८४ लाख ४१ हजार नौ सय ८५ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध बीमा सेवा उपलब्ध गराउदै आएको र सोही अनुसार यस अवधिमा उक्त परिमाणको रकम भुक्तानी गरेको जानकारी दिएको छ ।

कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको छ । सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने ब्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने बिश्वास कम्पनीले लिएको छ ।