• गृहपृष्ठ
  • नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५७ पुग्यो

Apr 29th, 2020

काठमाडौँ, १७ वैशाख

बुधबार एकैदिन  थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । बाराका दुई जनामा र वीरगञ्जको एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जनालाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।

संक्रमित तीनै जना भारतबाट नेपाल आएका हुन् । योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या  ५७ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।