• गृहपृष्ठ
  • सेञ्चुरी कर्मसियल बैंकद्धारा पिपिई हस्तान्तरण

सेञ्चुरी कर्मसियल बैंकद्धारा पिपिई हस्तान्तरण

Apr 28th, 2020

काठमाडौ, बैशाख १६

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पिपिई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै बैकले कोभिड १९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।