मस्यौदाको जिम्मा सांसद देवकोटालाई

Apr 28th, 2020

काठमाडौँ, १६ वैशाख (रासस)

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन गरेर सरकारलाई सुझाव दिनका लागि मस्यौदा तयार गर्न सांसद खिमलाल देवकोटालाई दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष परशुराम मेघी गुरुङको अध्यक्षमा आज बसेको बैठकले ऐन परिमार्जनका विषयमा तत्कालीन र दीर्घकालीन कार्यान्वयनका लागि सरकारलाई सुझाव/निर्देशन दिन मस्यौदा तयार गर्न सांसद देवकोटा र सहजीकरणका लागि सङ्घीय संसद् सचिवालयका सहसचिव अर्जुनकुमार खड्कालाई दिने निर्णय भएको हो ।

बैठकमा कोरोना भाइरसको विश्वव्यापी महामारीको सन्दर्भमा उक्त ऐनको कार्यान्वयन मापन एवम् मूल्याङ्कनको छलफलमा सांसदहरु रामनारायण विडारी, विज्ञद्वय सांसद तथा वरिष्ठ अधिवक्ता देवकोटा र सांसद रमेश लेखक लगायतले राय दिनुभएको थियो ।