• गृहपृष्ठ
  • अब प्रभु पे मार्फत घरबाटै कोरोना बीमा गर्न सकिने

अब प्रभु पे मार्फत घरबाटै कोरोना बीमा गर्न सकिने

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

ग्राहकहरुले अबदेखि घरबाटै कोराना भाइरस (कोभिड १९) बीमा गर्न सक्ने भएकाछन । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै यो सुबिधा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार यसबाट बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् । उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित संक्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने जानकारी पनि कम्पनीले दिएको छ ।