सेयर कारोवार बैशाख २५ गतेसम्म नै बन्द

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

सेयर कारोवार बैशाख २५ गतेसम्म नै बन्द हुुने भएको छ । सरकारले लकडाउनको अवधि बबढाएसँगै शेयर बजार पनि आगामी बैशाख २५ गतेसम्म बन्द हुने भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

देश लकडाउनमा गएसँगै शेयर बजार समेत गत एक महिनादेखि बन्द रहेको छ । यसअघि बैशाख १५ गतेसम्म बन्द गर्ने भनिएको शेयर बजार सरकारले लकडाउनको अवधि बढाएर बैशाख २५ गतेसम्म पुर्याएपछि सेयर बजार उक्त मितिसम्म बन्द गरिएको नेप्सेले जनाएको छ ।