राकुटेन भाइबरको प्रयोग ४ गुणाले बढ्यो

Apr 26th, 2020

काठमाडौ, बैशाख १४

विश्वमा उपलब्ध सञ्चार माध्यमहरु मध्येको एक सर्वाधिक ठूलो माध्यम राकुटेन भाइबरले विश्वव्यापी रुपमा उब्जिएको महामारी कोभिड–१९ लाई लक्षित गर्दै यो परिस्थितिमा मानिसहरुलाई आफ्नो परिवारजन, साथीभाइ र सहकर्मीहरुसँग सम्पर्कमा रहिरहने कार्यमा मद्दत गर्न उल्लेख्य संख्यामा नयाँ पहलकदमीहरु र मुख्य विशेषताहरुका साथ आफ्नोे क्षमतामा वृद्धि गरेको छ । हाल विश्व नै स्व–क्वारेन्टाइन तथा घरमा बस्ने नीतिको पालना गर्ने अभ्यास गरिरहेको वर्तमान अवस्थामा भाइबरका नयाँ डिजिटल विशेषताहरुले मानिसहरुलाई एकजुट बनाइरहेको छ र यसले उत्पन्न महासँकट विरुद्ध लड्न सकारात्मक मानसिक व्यवहारको विकास गर्न सघाऊ पु¥याइरहेको छ । विश्वव्यापीरुपमा यो एपको प्रयोगमा आएको उल्लेखनीय वृद्धि यसैको परिणाम हो ।

गएको केही हप्ताहरुमा उपलब्ध समग्र माध्यमहरुमा मानिसहरुको सहभागीता बढेको पाइएको छ । यस अवधिमा सर्वाधिक लोकप्रिय विशेषता अहिले खास गरेर सामूहिक सन्देशहरु र कलहरुसहित सञ्चार माध्यममा देखिएको छ । सामूहिक सन्देशहरु प्रेषित १३४ प्रतिशत ज्यादा छन् र सामूहिक कलहरु प्राप्त गरेको संख्या हेर्दा बितेको २ हप्तामा सरदर भाइबर प्रयोगकर्ताहरुको संख्या ३७० प्रतिशतले बढेको देखिन्छ । यस्तै समुदाय संलग्नताको सालाखाला संख्यामा पनि ७८ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपालमा सामूहिक कलहरु यसभन्दा अघिको तुलनामा ४ गुना बढी गरिएको पाइएको छ र समुदाय भ्यूजको संख्यापनि ६६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

कोभिड–१९ को महामारी फैलिएदेखि नै भाइबरले आफ्नोे क्षमता बढाएको छ र नयाँ पहलकदमीहरु पनि प्रस्तुत गरेको छ भने अझ धेरै आउने क्रममा नै छन् । एपले अडियो कलमा एकपटकमा सहभागी हुन सक्नेहरुको संख्यामा समेत वृद्धिगरेर ५ बाट २० पु¥याएको छ । यसैगरी सम्बन्धित आधिकारिक निकायहरुसँगको समन्वयमा भाइबरले विभिन्न मुलुकहरुमा विशेष सञ्चार सूचनापनि पेश गरेको छ जहाँ प्रयोगकर्ताहरुले यस महामारीको बारेमा सही र आधिकारिक एवं विश्वासिलो जानकारी प्राप्त गर्न सक्नेछन् । नेपालमा, भाइबरले “एमओएचपि नेपाल कोभिड–१९”नामक भाइबर समुदाय स्वास्थ्य तथा जनसंख्यामन्त्रालयसँग मिलेर प्रस्तुत गरेको छ । यसबाट २६६ हजारभन्दा धेरै यसका सदस्यहरुलाई कोरोना भाइरसको सम्बन्धमा मुल्यवान् एवं प्रमाणित सूचना प्रवाह गर्न सकिएको छ ।

यो भन्दापनि मानिसहरुलाई कोरोना भाइरसका बारेमा भ्रम उत्पन्न नहोस् र सत्य तथ्य जानकारी मिलोस भनेर भाइबरले कोरोना भाइरस सम्बन्धि सही समयको अद्यावधिक गर्न र जानकारी प्रदान गर्न एक आधिकारिक डब्लुएचओ बट पनि प्रस्तुत गरेको छ । “यो चुनौतीपूर्ण समयमा, हामीले साथीभाइहरु र परिवारहरु, विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु, कर्मचारीहरु र साझेदारहरुबीच एक अर्कामा निरन्तर सम्पर्क गराइ राख्न समेत आवश्यक पहलहरु चलाइरहेका छौं । हाम्रा प्रयोगकर्ताहरुले हामीमाथि भरोसा गर्नु हुन्छ र हामी वहाँहरुको अनुभवलाई निरन्तर बढाउँदै लग्नेछौं, सँगसँगै मानिसहरुलाई सुरक्षित एवं स्वतन्त्ररुपमा सम्पर्कमा पनि राखि राख्नेछौं ।” राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले बताएकाछन ।