• गृहपृष्ठ
  • माछापुच्छ्रे बैंकका सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकमा बढुवा

माछापुच्छ्रे बैंकका सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकमा बढुवा

Apr 26th, 2020

काठमाडौ, बैशाख १४

माछापुच्छ्रे बैंक लिमिटेडमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएकाछन । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकले जानकारी दिएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका थापाले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेकाछन । सन् २००० बाट बैंकिङ्ग करियर सुरु गरेका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव रहेकाछन । न्यौपानो कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्छन । विगत छ वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्छन । साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेकाछन । उनीसंग एभरेष्ट बैंक तथाएन.आइ.सि. बैंकमा विभिन्न भुमिकामा काम गरेको अनुुभव रहेको छ ।