देव बिकास बैंकद्धारा राहत सहयोग

Apr 26th, 2020

काठमाडौं, बैशाख १४

देव बिकास बैंकले राहत सहयोग गरेको छ । बंैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कैलालीको घोडाघोडी नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि समस्यामा परेका अति विपन्न ३६ परिवारलाई बैंकको पहलमानपुर शाखाले राहत वितरण गरेको बैकले जनाएको छ । बैंकका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ९ फारममा रहेका ३६ परिवारलाई प्रति परिवार १५ किलो चामल, दुुई किलो दाल, दुई लिटर तेल, दुुई वटा साबुन र एक किलो नुन वितरण गरिएको जनाएको छ ।