• गृहपृष्ठ
  • थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

Apr 26th, 2020

काठमाडौँ, १४ वैशाख

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार वीरगन्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयलको अनुसार उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् ।आज  टेकुस्थित  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।

हालसम्म प्राप्त विवरणअनुसार निजहरु आइसोलेसनमा  छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या  ५१ पुगेको छ भने निको भएर १२ जना घर फर्किएका छन् ।