• गृहपृष्ठ
  • ज्योति बिकास बैंकमा प्रमुख कार्यकारी ज्ञवालीको अवधि समाप्त

ज्योति बिकास बैंकमा प्रमुख कार्यकारी ज्ञवालीको अवधि समाप्त

Apr 24th, 2020

काठमाडौ, बैशाख १२

ज्योति बिकास बैंकमा प्रमुुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि सकिएको छ । बैंकको यही बैशाख १० गते बसेको सञ्चालक समितीको निर्णय अनुसार प्रमुख कार्यकारी ज्ञवालीको कार्यकाल यही बैशाख १५ गतेबाट समाप्त हुुने भएको हो ।

बैकका अनुसार सोही दिन बसेको बैठकले अर्को निर्णय नहुुञ्जेलसम्मको लागि बैकका नायव महाप्रवन्त्रक पारसराज कँडेललाई कायममुुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी दिएको छ ।