• गृहपृष्ठ
  • अजोड इन्स्योरेन्सद्धारा कोरोना बीमा जारी

अजोड इन्स्योरेन्सद्धारा कोरोना बीमा जारी

Apr 24th, 2020

काठमाडौ, बैशाख १२

अजोड इन्स्योरेन्स कम्पनीले कोरोना बीमा जारी गरेको छ । कम्पनीले भाटभटेनी डिर्पामेन्टल स्टोरमा कार्यरत कर्मचारीहरुको कोभिड १९ बीमा लेख जारी गरेको हो । कम्पनीका अनुसार बिहिबार भाटभटेनी सुपर मार्केट एण्ड डिर्पाटमेन्टल स्टोरले आफना १२ सय ५७ जना कर्मचारीहरुका लागि एक लाख बीमाड्ढको बीमालेख खरिद गरेको हो ।

सो बीमालेखले कोरोना भाईरस (कोभिड -१९) को संक्रमण भएको भनि पिसिआर टेस्ट पोजेटिभ पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको एक लाख रुपैयाँ बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.ले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति छ सय रुपैयाँका दरले सात लाख ५४ हजार दुई सय बीमाशुल्क भुक्तानी गरेको छ ।

साथै अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्थाका दुुई सय १२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।